तारकेश्वर एमालेले साविककै कार्यालयमा बोर्ड झुण्ड्याउने

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पक्षमा निर्णय सुनाएसँगै साविककै नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड झुण्ड्याइने भएको छ ।
एमालेका तारकेश्वरका यूवा नेता तथा तानपा ९ का वडाअध्यष बलराम सिटौलाका अनुसार जरङ्खुस्थित नेकपा एमालेको कार्यालयमा २९ गते शनिबार बिहान ८ बजे नेकपा एमालेको बोर्ड राखिने बताउनुभएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कार्यालय स्थापना गरिएको थियो। तर सर्वोच्चले ओली–प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिएपछि सो भवनलाई पुनः साविककै एमालेको कार्यालयको रूपमा परिणत गरिएको छ।
यसअघि नेकपाको उक्त कार्यालय दाहाल-नेपाल खेमामा परिणत भएपछि भवनलाई दुवै पक्षले प्रयोग गर्दै आएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्