प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गर्नुभयो ।
सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको छहरे बजार काठमाडौँसँगको छोटो दूरी, मध्यपहाडी राजमार्ग, कृषि उब्जनीको भण्डारणस्थल, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार तथा महत्व बाहिर ल्याउन महोत्सवलाई माध्यमको रुपमा लिएर सफल हुुनुपर्ने सुझाव दिनुभयो ।
महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो ।
महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।
फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ । महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचउरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #प्रथम छहरे (लिखु) महोत्सव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्