तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको संसाद र मेयरले गरे शिलान्यास

काठमाडौं । तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको शिलान्यास भएको छ । तारकेश्वर नगरपालिकाको ७० लाख बजेट र संघीय सांसद् कोषको २० लाख गरी ९० लाखमा लोकतान्त्रिक चोकमा बन्ने भवनको शिलान्यास संघीय सांसद् भिमसेनदास प्रधान र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रूपमा गर्नुभएको छ ।
वडा नं. १० का अध्यक्ष अमृत थापाकाअनुसार नयाँ बन्ने भवनमा भुई तलामा १० बेडको शहरी स्वास्थ्य केन्द्र, दोस्रोमा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ ।
उपभोक्ता समितिलाई आर्थिक वर्ष २०७७/७८ मै निर्माण सक्ने गरी कामको जिम्मा दिइएको छ ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि भिमसेनदास प्रधान, विशेष अतिथिमा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, नेकपा तारकेश्वरका अध्यक्ष लवकुमार बस्नेत, नेपाली काँग्रेसका वडा नं. १० का सभापति कुमार राई, वडा सचिव बेदु सुवेदी लगायतका वडा नं. १० का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल सुधार समिति र महिला समूहको पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं. १० को प्रशासनिक भवन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्