चिसोमा घाँटीको समस्या

मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ । घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ । ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन । भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिन्छ । नुनपानीले गार्गल गर्नु नुनपानीले गार्गल गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो ।
चिया
विभिन्न खालको चियाले घाँटी खस्खसाउने समस्या हटाउन मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई–तीन कप पिउने गरेमा फाइदा पुग्छ । यसै गरी अदुवा, कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ । यसले घाँटीबाट कफ पनि बाहिर निकाल्न सहयोग पुग्छ ।
घाँटी खस्खसाउने समस्या भएमा घाँटीभित्र सुक्खा हुन दिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुक्खा हुन पाउँदैन ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #breaking, #चिसोमा घाँटीको समस्या
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्