कसरी सुरुवात भयो फोनमा हेल्लो भन्ने शब्द ?
हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर तपाईले कहिल्यै सोच्नु भएको छ, फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ।
आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरीहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?
अलेक्जेण्डर ग्राहम बेलले टेलीफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलीफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसंग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलीफोनमा हेल्लो शब्द प्रयोग गरीदैन थियो ।
टेलीफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (ब्जयथ) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।
यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्को कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नाम समेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ?, #फोनमा हेल्लो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्