Techie IT
आईतबार, जेठ १९,२०८२

हार्वडमा विदेशी विद्यार्थी भर्ना नलिन ट्रम्प प्रशासनको आदेश, पढिरहेकाले ट्रान्सफर लिनुपर्ने


काठमाडौं । अमेरिकाको सबैभन्दा जेठो विश्वविद्यालय हार्वडमा विदेशी विद्यार्थीहरू भर्ना गर्न ट्रम्प प्रशासनले बन्देज गरेको छ ।

बेलायती विश्व च्यानलका अनुसार ट्रम्प प्रशासनिक होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोइमले ट्रम्प प्रशासनले हार्वडको अन्तर्राष्ट्रिय विद्यार्थी तथा आदानप्रदान कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताएकी छिन् ।

आदेशविपरित गए कडा दण्ड दियने चेतावनी समेत प्रशासनले दिएको छ ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले भनेको छ–हार्वर्डले अब विदेशी विद्यार्थीलाई भर्ना गर्न पाउने छैन र अहिले भइरहेका विदेशी विद्यार्थीले या त आफ्नो ट्रान्सफर लिउन् वा आफ्नै कानूनी हैसियत गुमाउनेछन् ।

बीबीसीका अनुसार गत वर्ष हार्वड ६७०० विदेशी विद्यार्थीहरू जोडिएका थिए । यो हार्वडको कुल विद्यार्थी प्रतिशतमा २७ भएको बीबीसीले उल्लेख गरेको छ ।

विश्वविद्यालयले भने आफ्नो संस्थामा १४० देशका विद्यार्थीहरू आउने भन्दै ट्रम्प प्रशासनको कदमको विरोध गरेको छ । विश्वविद्यालयले भनेको छ, ‘हामी हार्वडको विदेशी विद्यार्थी भर्नाको सक्षमता कायम गर्न प्रतिबद्ध छौँ ।’

यस अगाडि ट्रम्प प्रशासनले हार्वडलाई दिँदै आएको अनुदानमा कटौती गरेको थियो । यो निर्णयबाट हार्वर्ड विश्वविद्यालयका एक चौथाइ भन्दा बढी विदेशी विद्यार्थी प्रभावित हुने बताइएको छ ।

वामपन्थी कित्तामा लागेका, चिनियाँ कम्युनिष्ट पार्टीमा जोडिएका, इस्लामिक विचार बोकेका, इजरायल विरोधी धारणा भएका तथा क्याम्पसमा आन्दोलन गर्ने भन्दै ट्रम्प सरकारले हार्भडसँग असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

त्यसैको प्रतिबिम्बको रूपमा बजेट कटौतीदेखि विदेशी विद्यार्थी भर्ना अभियानमा कैँची लगाइएको धेरैको विश्लेषण छ ।

यसैबीच हार्वर्ड विश्वविद्यालय प्रशासनले सरकारको यो कदमलाई गैरकानूनी भनेको छ ।

ट्रम्प प्रशासनको निर्णयप्रति आपत्ति जनाउँदै विश्वविद्यालय प्रशासनले १४० भन्दा बढी देशबाट आउने विद्यार्थीले अमेरिका र हार्वर्डको समृद्ध बनाएको जनाएको छ । उसले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थी र विद्धानहरुलाई भर्ना लिने क्षमता कायम राख्न संकल्पकृत रहेको जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #पढिरहेकाले ट्रान्सफर लिनुपर्ने, #हार्वडमा विदेशी विद्यार्थी भर्ना नलिन ट्रम्प प्रशासनको आदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:06 am6:56 pm +0545