Techie IT
सोमबार, पुस १४,२०८२

चिकित्सकहरूलाई मेडिकल काउन्सिलको चेतावनी


नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरू कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसारमा संलग्न रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

चिकित्सकहरूले कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नै नाम, तस्बिर तथा शैक्षिक उपाधि साइनबोर्ड, ब्यानर, पम्पलेट जस्ता प्रचार सामग्रीमा प्रयोग गरेको भन्ने उजुरी परेकाले यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ ।

यस्ता गतिविधि चिकित्सकीय मर्यादा र परम्परा विपरीत  हुने काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवका अनुसार व्यवसायिक आचारसंहिताविपरीत गतिविधि नगर्न चिकित्सकहरूलाई सचेत गराइएको छ । यस्ता क्रियाकलाप पुनः दोहोरिए कारबाही अघि बढाइने चेतावनी समेत काउन्सिलले दिएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #मेडिकल काउन्सिल कन्सल्टेन्सी


तपाईको कमेन्ट लेख्नुहोस्