शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा

काठमाडौं, माघ ८ गते । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)ले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
सोमबार अस्पतालले एक सूचना निकाल्दै अबदेखि अस्पतालमा भर्ना भएका बिरामीले समेत स्वास्थ्य बिमामार्फतको सेवा पाउने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो ।
यसअघि स्वास्थ्य बिमा बोर्डले लागू गरेको नयाँ दररेट अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले गत भदौ १२ गतेदेखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दै अन्य सेवा बन्द गरेको थियो । त्यस यता भर्ना भएका बिमित बिरामीले बिमा सेवा सुविधा लिन पाएका थिएनन् ।
अस्पतालले जारी गरेको सूचनामा, ‘स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभागमा भर्ना भएका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम गत भदौ १२ देखि स्थगित गरिएकोमा माघ ७ देखि पुनः सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’ उल्लेख छ ।
गत भदौमा बोर्डले जारी गरेको उपचार सुविधासम्बन्धी नयाँ प्याकेजमा असहमतिसँगै अस्पतालले बिमितको उपचार गरेबापत पाउनुपर्ने सोधभर्नाको ठुलो रकम नआउँदा बाध्यभएर कार्यक्रम आंशिक रुपमा स्थगित भएको अस्पतालका निमित्त निर्देशक डा.घनश्याम गुरुङले जानकारी दिनुभयो ।
नयाँ प्याकेज स्थगित भएको र रोकिएको केही रकम छिट्टै उपलब्ध गराउने आश्वासनपछि बिमा कार्यक्रम पुनः सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । डा.गुरुङका अनुसार अस्पताले स्वास्थ्य बिमा बोर्डबाट करिब ६९ करोड रकम लिन बाँकी छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्