मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

खाँदबारी (सङ्खुवासभा), माघ ८ गते । यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताउनुभयो ।
मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडावडामा आँखा जाँच गरेर मोतियाबिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताउनुभयो ।
शिविरमा दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्