गाउँमै अल्ट्रासाउन्डबाट गर्भ जाँच

नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् ।
गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १० महिलाको गर्भ जाँच गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो । नाम्खामा रहेका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्यचौकी नगएको अवस्थामा पछिल्लो समय स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको बोहराले बताउनुभयो ।
पटक–पटक जिल्ला अस्पताल हुम्ला, गाउँपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले सुत्केरी महिला स्वास्थ्यचौकीमा गएर आफनो गर्भ जाँच, सुत्केरी गराउन विभिन्न किसिमका जनचेतना तथा सन्देश जारी गरेका कारण केही प्रतिशत मात्रै महिला गर्भ जाँचका लागि आउने गरेको बताइएको छ । नाम्खा गाउँपालिकामा गर्भ जाँच गरिएका १० महिलाको अवस्था सामान्य र राम्रो रहेको अनमी बोहराले बताउनुभयो ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #गाउँमै अल्ट्रासाउन्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्