सामान्य लाग्ने तर प्राणघातक हेपाटाईटिस रोग

दिपा खड्का
आज विश्व हेपाटाईटिस दिवस हो। हरेक बर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाईन्छ। हेपाटाईटिस कलेजोमा हुने संक्रमण हो। एच आई भि , एड्स , क्षयरोग, मलेरिया जस्तै यो प्राणघातक रोग मध्येको एक मानिन्छ। यो रोग विश्वकै एक स्वास्थ्य समस्या हो। यो सामान्यतया भाईरल संक्रमणको कारणले भएको मानिन्छ तर यसका अन्य सम्भावित कारणहरु पनि छन्, जुन औषधि, लागूपदार्थ, बिष र मादकपदार्थ रक्सी सेवनको कारण देखिन सक्छ।
हेपाटाईटिस ए, बी, सी, डी र ई गरी जम्मा पाँच किसिमका छन्। यी प्रत्येक भाईरसका लागी आफ्नै जिवाणु भाईरस जिम्मेवार रहन्छ। हेपाटाईटिस ए खानेपानी र खानाबाट छिटो फैलिने रोग हो, बी संक्रमित व्यक्तिको र्याल, सिंगान, रगत, उस्ले प्रयोग गरेको ब्लेड या रेजर अर्को ब्यक्तिले प्रयोग गर्दा र शारिरीक सम्पर्कबाट सर्दछ। सी , बिषेशत संक्रमित व्यक्तिले प्रयोग गरेको लागूपदार्थ र सिरीन्ज बाट सर्छ। हेपाटाईटिस डी कम मात्रामा देखा पर्ने रोग हो। यो प्रत्यक्ष रगतको सम्पर्कबाट सर्दछ। हेपाटाईटिस ई दुषित पानीको प्रयोगबाट मात्र देखा पर्ने रोग हो।
हेपाटाईटिसका लक्षणहरुमा थकान पिसाब गाढा हुनु, हुनु, पेट दुख्नु, भोक कम हुनु, तौल घट्नु,आँखा र छाला पँहेलो हुनु हो। यी लक्षणहरु देखिएमा उपचारका लागी अस्पताल गई चिकित्सक संग आवश्यक परामर्श लिन सकिन्छ। तर सुरक्षित , स्वस्थ बानी व्यबहारको बिकास गरेको खण्डमा यो रोगको संक्रमण सम्भावना कम हुन्छ। लागूपदार्थ सेवन नगर्ने, संक्रमित व्यक्तिको सामानहरु प्रयोग नगर्ने, ट्याटु अथवा शरिरका कुनै अंग छेड्नु परेमा परामर्श लिनु पर्दछ।
यो रोग धेरै समयसम्म पनि गौंण नै रहने हुदा यसलाई घातक मानिन्छ। अस्पतालको सहज सुविधा नभएको हाम्रो जस्तो देशका लागी यो रोग लाग्नु उसै पनि बोझिलो हुने गरेको छ। यसकारण यो घातक रोगको बारेमा जनस्तर देखिनै सचेतना जगाउनु हामी सबैको कर्तव्य हो।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Hepatitis
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्