खाँदबारीको पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण

खाँदबारी नगरपालिका वडा नं ३ ले पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण गरेको छ । हजार दिने आमा र बच्चाको पोषण र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यको साथ कोसेली वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष भरत कुमार घिमिरेले बताउनुभयो । वडाभरिका ४५ दिन भित्रका र ६ महिना सम्मका ४० जना आमाहरुलाई कोसेली स्वरुप २ क्यारेट अण्डा, टुथपेस्ट, नेलकटर, लाइफब्वाई साबुन, १ लिटर तेल वितरण गरिएको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष घिमिरेका अनुसार वडाभित्रका ४०० किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन वितरण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालय मानेभन्ज्याङका ३१० जना र लक्ष्मी आधारभूत विद्यालयका ९० जना गरि जम्मा ४०० जना किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन पनि वितरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्