Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे पारिवारिक सम्बन्धको भावनात्मक कथा हो : लेखक ढकाल


भर्खरै नेपाली कथानक चलचित्र जनै हराएको मान्छेको टिजर रिलिज भएको छ। यति खेर टिजर ट्रेन्डिङमा छ। तिजको मुख पारेर भाद्र ६ देखी जनै हराएको मान्छे प्रदर्शनमा आउदै छ।यसैको सेरोफेरोमा रहेर साझा पानाले चलचित्रका लेखक भानुभक्त ढकालसंग चलचित्रको बारेमा भलाकुसारी गरेको छ। ढकाल अङ्ग्रेजी विषयका लेक्चरर पनि हुनुहुन्छ। नेपाली चलचित्रका लागि पनि उहाँले गित लेख्नुभएको छ। बहुआयामिक क्षमता बोक्नुभएका उनै बहुप्रतिभाशाली लेखक ढकालसंग साझा पानाले हाल यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे ’को बारेमा गरेको कुराकानीको सम्पादित अंशः

भर्खरै टिजर रिलिज भएको छ । कस्तो प्रतिक्रिया आईरहेको छ?

टिजर ट्रेन्डिङमा छ। राम्रो समिक्षा पाईरहेका छौ। सिङ्गो टिम नै चलचित्रलाई लिएर आशावादी छ। हामी उत्साहित छौँ । अब गित र ट्रेलर पनि छिट्टै आउँछ। गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । यो वर्ष नेपाली चलचित्रले त्यो साख बचाउन सक्ला त? चलचित्र हेर्न आउने दर्शक बढ्नु समग्र क्षेत्रको लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र हलसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । एक दुईवटा चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले नकारात्मक परिणाम पनि दिन सक्छ। बुझेर मात्र चलचित्र निर्माणमा हात हाल्नुपर्छ। समग्रमा भन्नुपर्दा यतिखेर चलचित्रको माहोल सकारात्मक छ।

अरु तयारी कस्तो छ? कसरी अगाडि बढ्नु भएको छ?

टिम नै एउटा योजना सहित अगाडि बढेको छ। सबैको साथ र सपोर्ट मिलिरहेको छ। दर्शकहरु पनि पक्कै भाद्र ६ को प्रतीक्षामा हुनुहुन्छ। हाम्रो चलचित्रको विषयवस्तु राम्रो रहेकाले चलचित्रले राम्रै गर्छ भन्ने आशा छ।

एउटा लेखकको रुपमा भन्नुपर्दा जनै हराएको मान्छे कस्तो चलचित्र हो?

जनै हराएको मान्छे भावनाले भरिएको चलचित्र हो। विदेश जान एउटा ग्रामीण भेगको युवाले देखेको सपना हो। परिस्थितिले विभिन्न हण्डर खादै जादा उसले सम्बन्धको महत्त्व बुझ्दै जान्छ। उसले धेरै कुरा हराएको महशुस गर्छ। अस्तित्वको खोजीमा संघर्ष गर्छ। चलचित्रले परिवारको महत्त्वलाई उजागर गर्छ। आम नेपालीको साझा समस्यालाई मैले कथा मार्फत उठान गरेको छु।

नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् ?

नेपाली चलचित्रको आयतन फैलिएको हो ? विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले पनि हेर्ने गरि गुणस्तरीय चलचित्र बनाउनु पर्छ।।पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । पछिल्लो समय बिदेशी भन्दा नेपाली चलचित्र हेर्ने दर्शक भने पक्कै बढेका हुन् ।

अरु के मा व्यस्त हुनुहुन्छ?

जनै हराएको मान्छेको अन्तिम चरणका काम हुँदैछ। सम्पादन लगभग सकियो। म अहिले अर्को चलचित्रको कथा लेखनमा व्यस्त छु।निर्माता यसका लागी तयार हुनुहुन्छ। यसमा पुर्व तयारी गरेर, अलिक समय लिएर मात्र हामी फ्लोरमा जानेछौ। आफुले लेखेको चलचित्रले फिल्म क्षेत्रमा प्रभाव पारोस भन्ने चाहन्छु। ढिलै होस् तर राम्रो काम गरौं भन्ने मेरो मान्यता छ। आगामी चलचित्र भने एक्सन र थ्रीलर हुनेछ । यो बिग बजेटको मुभी हुनेछ। बजारमा कतिपय चलचित्र आएको गएको नै थाहा हुँदैन । तर चलचित्र बन्ने क्रम बढ्दो छ।

यसरी त निर्मातालाई गाह्रो पर्छ नि,हैन?

तपाईले गम्भीर कुरा उठाउनु भो। एउटा चलचित्र एक जनाको कारणले मात्र सफल हुने हैन । यसमा धेरैको मेहेनत जोडिएको हुन्छ। एउटा मात्र पक्ष कमजोर हुँदा पनि चलचित्र असफल हुन् सक्छ। सुरुमा त कथामा दम हुनुपर्छ ।त्यसको लागी लेखकले कथाको गहिराई सम्म जान सक्नुपर्छ । म कस्तो कथा लेख्दैछु,यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा लेखकलाई ज्ञान हुन् जरुरी छ। नेपाली दर्शकलाई कस्ता चलचित्र मन पर्छ भन्ने कुरामा लेखकको ध्यान हुन् पर्छ। त्यो कथामा कुन कलाकारले न्यायोचित भुमिका निर्वाह गर्न सक्छ भन्ने कुरा नि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

निर्देशकले कथालाई न्याय गर्न सक्नुपर्छ।चलचित्र सफल हुनुमा गित संगितको पनि उत्तिकै भुमिका हुन्छ। समग्रमा भन्दा खेरी चलचित्र निर्माण टिमवर्क हो। प्राविधिक देखि सबैको भुमिका अहम् हुन्छ। निर्माताले सबै पक्षको आंकलन गरेर मात्र लगानी गर्नुपर्छ। रमाईलोको लागि चलचित्र बनाउनु हुँदैन । यसमा गम्भीर भएर चलचित्रको विविध पक्ष बुझेर मात्र लगानी गर्नुपर्छ।

तपाईंको चलचित्रले राम्रो व्यापार गर्छ भन्ने आधार के के छन् ?

सबैभन्दा पहिले त कथा नै हो। कथा बलियो छ। चलचित्रले दर्शकलाई हसाउन पनि सक्छ,रुवाउन पनि सक्छ। छायांकनमा पनि निकै मिहेनत गरिएको छ। गित संगीत उत्कृष्ट छ। कलाकारको मिहेनत गज्जबको छ। समग्रमा चलचित्र उत्कृष्ट बनेको छ। व्यक्तिगत रुपमा भन्नुपर्दा चलचित्रले राम्रो व्यापार गर्ने कुरामा म ढुक्क छ। चलचित्रको सफलताको शुभकामना । मेरो कुरा राख्ने मौका दिनुभएकोमा साझा पाना टिमलाई पनि धेरै धन्यवाद


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #जनै हराएको मान्छे पारिवारिक सम्बन्धको भावनात्मक कथा हो - लेखक ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्