शिशिर घिमिरे स्मृति दिवसमा बहुभाषिक कविता वाचन, सम्मान तथा छात्रवृत्ति वितरण

जीवनराज : बर्दिवास (महोत्तरी), वैशाख ७ ।
शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्क्वेटमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. सुमन कर्माचार्यलाई ‘शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१’ प्रदान गरियो । उनलाई नगद १५,५५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रममा भारतबाट आएका महमद कामरुदिन नदाफले दुई विशेष शारीरिक क्षमता भएका विद्यार्थीहरूलाई जनही ५५५५ रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । यस्तै शिक्षाप्रेमी मिना देवकोटाले अर्की छात्रालाई २५५५ रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइन् ।
कविता वाचनमा डा. सुमन कर्माचार्य, कुमार कुसुम, गोपाल यादव, डा. जो जोनसन, डा. जेनी हेरिङटनलगायतका सर्जकहरू सहभागी थिए । उनीहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवी घिमिरेबाट प्रशंसा पत्र प्रदान गरियो ।
कार्यक्रममा साहित्य, समाजसेवा र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । समापनतर्फ कार्यक्रमका अतिथिहरूको प्रतिक्रिया ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा लिइएको छ, जसको प्रसारण आगामी शुक्रबार साँझ ५ बजे हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्