Techie IT
आईतबार, चैत्र ९,२०८१

तौल बढे पनि घरमै छु : नम्रता


कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरभित्रै दिन काट्न बाध्य छन् । कोरोनाको त्रासले अत्यावश्यक सेवाबाहेकका सबै काम बन्द भएपछि ज्यालादारी गरेर परिवार पाल्नेलाई बिहान बेलुका हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा नेपाली सेलिब्रेटीहरुलाई भने मोटाउने चिन्ताले सताउन थालेको छ ।
तौल नबढोस् भनेर खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ । घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् ।
अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले फिल्मको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् । घरमा पाक्ने खानेकुराले आफू लकडाउनको तीन हप्तामा तीन केजी मोटाएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नम्रता सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545