कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
भ्यालेन्टाइन डे ईपू २७० रोम (इटाली) बाट सुरु भएको मानिन्छ । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ । उनी रोमन सम्राट क्लाउडियस द्वितीयले लगाएको प्रेम र विवाहको विरुद्धमा लागे । सम्राटले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने मान्यता राखेर यसलाई प्रतिबन्ध लगाएका थिए । सम्राटले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत गोप्य विषय बाहिर जाने भयले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए ।
भ्यालेन्टाइन भने सम्राटको निर्णय धर्मविरुद्ध भएको जिकिर गर्थे । उनले अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वरसमेत खुसी हुने तर्क गर्थे । भ्यालेन्टाइनले राजाको आज्ञालाई मानेनन् र प्रेम र विवाहका लागि प्रेरित गरे । उनले युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम गरे । राजाको आज्ञा नमानेको भन्दै उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमका लागि आफ्नो ज्यान दिएका पादरी भ्यालेन्टाइनको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।
पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा विश्वभर मनाइँदै आइएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्