राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशनमा महोत्तरी र धनुषा

‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण
स्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन
मधेस प्रदेशको संस्कृति नै हाम्रो पहिचान’
भन्ने नारा सहित पौष १३ गते शनिबार भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेस प्रदेश अन्तर्गतको महोत्तरी जिल्ला र धनुषा जिल्लाको संयुक्त प्रथम जिल्ला अधिवेशन २०८१ बर्दिबास न.पा. -३, कालापानीको वनभोज स्थलमा सम्पन्न भएको थियो ।
बर्दिबास नगरपालिकाका नगर प्रमुख श्री प्रह्लाद कुमार क्षेत्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु बर्दिबास नगरपालिकाका नगर प्रमुख श्री प्रह्लाद कुमार क्षेत्रीज्यूको सहधर्मीणी समाजसेवी मञ्जु क्षेत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका साङ्गठनिक उपाध्यक्ष श्री सुवास केसी, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेश समितिका प्रमुख सल्लाहकार श्री हिरालाल गौतम, बर्दिबास न.पा. वडा नम्बर -३ का वडाअध्यक्ष विराटकुमार बिष्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका समितिका संस्थापक अध्यक्ष श्री कृष्णप्रसाद गौतम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेश तदर्थ समितिका संयोजक रुद्रशेन विश्वकर्मा, बर्दिवास नगरपालिकाको शिक्षा समिति सदस्य युवराज पोखरेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका संरक्षक श्री ईश्वरी पन्त, मधेस प्रदेश संरक्षक श्री ज्ञानु बस्नेत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेश सल्लाहकार नारायण घिमिरे र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका सल्लाहकार श्री रेवन्त कार्की (सुदीप)को उपस्थिति थियो ।
सो कार्यक्रमको अतिथिहरुमा नृत्य निर्देशक सञ्जय साह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा नेपाल मधेस प्रदेशका उपाध्यक्ष हेमकुमारी बराल (सुनिता), मधेस प्रदेश सचिव विनोद ढुङ्गेल , कोषाध्यक्ष राधा गौतम, सदस्य रुबि झा, सदस्य सारथि लामा, सदस्य सरोज सन्त, सदस्य तेज नारायण शर्मा (चुन्नु), सदस्य निर कुमारी विश्वकर्मा (सबिना), आज्ञाखबर अनलाइनका सञ्चालक तथा पत्रकार निकेश खनाल र बिजी मिडियाका सञ्चालक सागर बस्नेतको उपस्थिति थियो ।
महोत्तरी जिल्ला तदर्थ समितिका संयोजक श्री बेलबहादुर परियारकोअध्यक्षता र धनुषा जिल्ला तदर्थ समितिका संयोजक श्री सञ्जय यादवको संयोजनमा सम्पन्न भएको कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेस प्रदेशका सल्लाहकार श्री नारायण घिमिरेले सञ्चालन र धनुषा जिल्ला तदर्थ समितिका संयोजक श्री सञ्जय यादवले स्वागत गरेका थिए ।
प्रथम अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका साङ्गठनिक उपाध्यक्ष श्री सुवास केसीले महोत्तरी र धनुषा जिल्लाको कार्यसमितिको नाम प्रस्ताव गरेका थिए भने प्रस्तावित नामलाई भेलाले अनुमोदन गरेको थियो । नवगठित कार्यसमितिलाई विशिष्ट अतिथीहरु रुद्रशेन विश्वकर्मा, हिरालाल गौतम र सुवास के.सीका साथै प्रमुख अतिथि प्रह्लादकुमार क्षेत्रीले शुभकामना दिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरी शाखाको नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: वेलबहादुर परियार
प्रथम उपाध्यक्ष: नविन कोइराला
द्वितीय उपाध्यक्ष: जीवन राज दाहाल
सचिव: रमेश खत्री
सहसचिव: स्नेहा चौधरी
कोषाध्यक्ष: उमा बराल
सदस्यहरु:
विनोद खड्का
जिवनाथ पोखरेल
अजिता चौधरी
रामचन्द्र चौधरी
पवित्रा पोखरेल
राम्रीमाया तामाङ
अनिल दाहाल
लक्ष्मी अधिकारी
झोकीलाल महतो
राधा न्यौपाने
कमला कार्की
देवी गौतम
सुमित्रा भण्डारी
निकेश खनाल
दिलबहादुर परियार
शन्त चौलागाईं
पुष्पा कर्ण
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, धनुषा शाखाको नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: सञ्जय यादव
प्रथम उपाध्यक्ष: रन्जित शर्मा
द्वितीय उपाध्यक्ष: फुलगेन मगही
सचिव: अनामिका मण्डल(अम्बिका)
कोषाध्यक्ष: मनिता दाहाल (मनकुमारी )
सदस्यहरु:
राजु थापा
शशी झा
ऋतेश कुमार शाह
जिवनाथ दाहाल
शारदा दाहाल
सविता पोखरेल
मदन महत्तो
निरज परियार
अञ्जन विश्वकर्मा
टिना लामा
विजय दास
प्रथम जिल्ला अधिवेशन २०८१ बाट निर्विरोध निर्वाचित हुनुहुने दुबै जिल्ला कार्यसमिति परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
– साझापाना डटकम परिवार
क्याटेगोरी : निर्वाचन बिशेष, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्