एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमा कर्णाली याक्सकी ब्रान्ड एम्बेसडर हुन् ।
विपिनले आफ्नो इन्टाग्राम स्टोरीमा स्वस्तिमाले आफूलाई क्रिसमस गिफ्ट दिएको भन्दै आभार प्रकट गरेका छन् । स्वस्तिमाले गिफ्टसँगै सानो हस्तलिखित सन्देश पनि दिएकी थिइन् । त्यसमा उनले एनपीएलमा व्यक्तिगत सफलताका लागि बधाई दिएकी छन् ।उनले लेखेकी छन्, ‘प्रिय विपिन भाइ । एनपीएलमा तिम्रो उच्च सफलताका लागि बधाई छ । तिम्रो मिहिनेत र समर्पणका लागि सानो हौसला स्वरुप यो फोन प्रदान गरेकी छु । यसले तिमीलाई मैदान भित्र र बाहिर असंख्य राम्रा कलहरु ल्याओस र तिमीलाई अन्य ठूला अवसरहरुसँग जोडोस ।’
कर्णाली याक्सका लागि १३ विकेट लिएका विपित इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कर्णाली याक्स प्रतियोगितामा तेस्रो भएको थियो ।
क्याटेगोरी : खेलकुद, मनोरञ्जन/साहित्य, विशेष
ट्याग : #breaking, #एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्