‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने

काठमाडौं, ८ पुस । उद्यमीहरू माझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ ।
सोमबार हिमालय टिभीले विशेष कार्यक्रमको आयोजना गर्दै ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरेको हो ।
सो अवसरमा पाँचजना शार्क (निर्णायक) घोषणा भएका छन् । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो ।
शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा एकसय जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् ।
शोमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइने छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ ।
कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ । शीघ्र प्रसारण हुन्छ भन्दै २०२२ मै यस कार्यक्रमको घोषणा गरिएको थियो । तर, घोषणा गरेको दुई वर्षसम्म कार्यक्रम प्रसारणमा आउन सकेको थिएन ।
नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लेटफर्म भारत, पाकिस्तान,बंगलादेशमा समेत लोकप्रिय छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्