Techie IT
सोमबार, वैशाख २२,२०८२

चर्चामा रणवीर सिंहको नयाँ अवतार


अभिनेता रणवीर सिंह आफ्नो नयाँ–नयाँ फेशनका कारण सँधै चर्चामा रहँदै आएका छन् । उनले कयौं पटक आफ्नो नयाँ पहिरनका कारण सबैको वाहवाही कमाईसकेका छन् । भर्खरै पनि उनको नयाँ अवतार बाहिरिएको छ । रणवीरले भर्खरै तीन पोस्ट इन्टाग्राममा सेयर गरेका छन्, जहाँ उनी फर्मल वेयरको साथमा ग्रीन कोट लगाएका छन् ।

 

उनले यस आउटफिट नयाँ–नयाँ स्टाइलमा पोज दिएका छन् । रणवीरको यस तस्वीरलाई हजारौंले लाइक र कमेन्ट गरिसकेका छन् । रणवीरको वर्कफ्रन्टको कुरा गर्नुपर्दा अहिले उनी कवीर खानको ड्रामा फिल्म ‘८३’को सुटिङ सकाएका छन् । यो फिल्ममा उनको अपोजिटमा आफ्नै श्रीमती दीपिका पादुकोण देखिदैछन् ।

 

यो फिल्ममा रणवीर, कपिल देव र दीपिका पादुकोण श्रीमती रोमी देवको भूमिकामा देखिदैछन् । फिल्ममा ताहिर राज भसिन, एमी विर्क, हार्डी संधु, चिराग पाटिल, पंकज त्रिपाठी लगाएत पनि मुख्य भूमिकामा हुनेछन् । यो फिल्म अर्को वर्षको १० अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नयाँ अवतार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545