प्रहरी जवान उत्तम ढकालको “पसिना बेच्न खाडी आउनु रहर होइन आमा”

बिदेशमा रहेका नेपाली पर्ती समर्पित
गरिबीमा ठडिएको झुप्रो त्यो सहर होइन आमा
नेपाल छोडी पसिना बेच्न खाडी आउनु रहर होइन आमा ।।
जताततै मरुभुमी तातो घामले सताउछ आमा
साहुको फोन आउँछ अनि ऋणको बोझले मताउँछ आमा ।।
जिन्दगी त पानी हैन तर पानी सरी बग्यो आमा
भाग्यले त ठग्यो ठग्यो त्यसै माथी म्यानपावले ठग्यो आमा ।।
साहुको ऋण तिर्छु भन्ने आश पनि मन्यो आमा
अफिस भित्र काम भन्थ्यो ताबुक बोक्ने पयो आमा ।।
नेपालीले नेपाल भित्र कहिले रोजगार मिल्छ आमा
घर फर्कि आउँ भने कोरोनाले गाउा सबै सिल छ आमा ।।
गाउँघरलाई नै शुन्य पारी उडी आए आकाशमा आमा
थाहा छैन सिटमा हो कि फर्कन्छु म बाकसमा आमा ।।
लेखक
प्र. ज. उत्तम ढकाल
समाप्त
क्याटेगोरी :
मनोरञ्जन/साहित्य,
समाचार
ट्याग : #"पसिना बेच्न खाडी आउनु रहर होइन आमा", #उत्तम ढकाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्