सहकर्मीले पादेर हैरान बनाएपछि….
काठमाडाैँ, १३ चैत । दुनियाँमा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियाँमा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद ।
पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् ।
यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफू प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।
सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।
डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफूले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् ।
यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ । -बीबीसी
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पादेर हैरान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्