राजधानीमा विशेष रक्तिम साँस्कृतिक कार्यक्रम

काठमाडौँ महानगरपालिकाले आज यहाँ विशेष रक्तिम साँस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा रक्तिमका कलाकारले नृत्य, गीत र नाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जीवन शर्माको ‘क्रान्ति त्यसै आउँदैन’, ‘रगतको आहुति बगाउनु पर्दछ’, ‘जहाँ भोक पेटले दाना पानी मागेको हुन्छ’, ‘अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी’लगायत जनवादी गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ‘मिनी ओपेरा’ र ‘सङ्घीयताको फल’ नामक नाटक मञ्चन गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयका कक्षा दुईमा पढ्ने सफल परियारले ‘बाबू म त पढ्दिन सरकारी लगिदिनु, सरकारी कसोगरी तिरुला चर्काे शुल्क अति भयो मनपरी’ शीर्षकमा गीत गाउनु भएको थियो ।
रक्तिमका केन्दीय सदस्य एवं कलाकार हेमराज आश्रित, गीता थापा, विष्णु शर्मा, माया पुन, कमल राना, शोभा गोपालीले साँस्कृतिक प्रस्तुति दिनुभएको थियो । सो अवसरमा रक्तिमका केन्दीय सदस्य आश्रितले आगामी फागुन १ गते पोखरामा रक्तिमको राष्ट्रिय सम्मेलन हुने जानकारी दिनुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रक्तिम साँस्कृतिक कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्