मनोरञ्जन

मन्त्री बस्नेतकी भतिजि मृत फेला

काठमाडौं । वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला परेकी छिन् । बबिता मन्त्री बस्नेतका दाजु ललित बहादुर बस्नेतकि छोरी हुन् । बबिता पत्रकार तथा उर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहाकार रोशन खड्काकी श्रीमति समेत हुन् । बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो ।

उनी आइतबार वेस्टार अपार्टमेन्टको आफ्नै फ्ल्याटमा मृत फेला परेकी हुन् । ललितपुर प्रहरीका अनुसार उनलाई सलको पासो लगाएको अवस्थामा फेला पारिएको हो । आइतबार बिहान १० बजेसम्म पनि बबिता नउठेपछि उनकी नन्दले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटना शंकाष्पद रहेकाले अनुसन्धान भईरहेको बताएको छ ।

Facebook Comments
Tags
Show More

Related Articles