सोनाको जीवन्त अभिनयले ‘तिमीले साथ छोड्यौ’का श्रोता बढ्दै
नेपाली रङ्घमञ्चमा उदाउँदै गरेकी मोडल सोना बज्राचार्यको दमदार अभिनय रहेको म्युजिक भिडियोको गीत ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक भएसँगै चर्चामा छ ।
शब्दको छनोट र म्युजिक भिडियो निर्माणको अवधारणा चित्त बुझ्दो भएपछि मात्र अभिनयका लागि तयार हुने मोडल सोनाले आफ्नो अभिनय क्षमता यस म्युजिक भिडियोमा देखाएकी छिन् । यो म्युजिक भिडियोमा उनले अभिनयसँगै नेपाली अभिनय क्षेत्रमा आशाको संकेत देखाएकी छन् ।
बिभिन्न स्टेज शो र फेसन शोमा आफ्नो कला र क्षमता देखाउँदै आएकी सोनाले यो गीत तथा निर्देशकको कन्सेप्ट सुनेपछि मात्र अभिनयका लागि तयार भएको बताइन् । आगामी दिनमा पनि शब्द, संगीत र म्युजिक भिडियोको अवधारणा चित्त बुझ्दो भएमात्र अभिनय गर्ने उनको भनाइ छ । अफिसियल कामका सिलसिलामा अहिले युरोप भ्रमणमा रहेकी सोनाले यो म्युजिक भिडियोबाट आफु निकै उत्साहित भएको बताइन् । उनले यसअघि विश्वकप सम्बन्धी फेसन शो लगायत दर्जनौं स्टेज शो र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

जोसेफ ठकुरी र मिलन अमात्यको स्वरमा ‘तिमीले साथ छोड्यौ’ बोलको गीतलाई युटुभमा ५० हजारले हेरिसकेका छन् । सोनाको अपोजिटमा जितेन्द्र क्षेत्री छन् । दुवैले राम्रो अभिनय गरेकै कारण युटुभमा धेरैले अभिनयको तारिफ गरेका छन् ।
यो गीतमा जोसेफ शाही ठकुरीको शब्द र संगीत समेत हो भने बीबी अनुरागीले संगीत संयोजन गरेका हुन् । गीत निकै मार्मिक छ, जोसेफ र मिलनको पाश्र्व गायनको प्रशंसा गर्न लायक गीत बनेको छ । सोनाको अभिनय पनि त्यत्तिकै जीवन्त छ । हाइलाइट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ । उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने बिकास धमलाले भिडियो सम्पादन गरेका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सोनाको जीवन्त अभिनय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्