‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को उपाधी जेनी राउतले जितिन

बिर्तामोड — फाल्गुन ३०, २०७८। शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् । पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी हात पारे । नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए। प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजमा एक सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ पुकार कार्कीले जनाए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्