नेपाल आईडलकी सान लक्ष्मी पौडेल

बेलबारी,मोरङमा सामान्य परिवारमा जन्मिएकी लक्ष्मी पौडेल नेपाल आईडल सिजन-४ मा टप १० भित्र अटाउन सफल भएकी छिन् ।यहाँसम्मको उनको यात्रा सजिलो भने रहेन। अब अगाडिको यात्रा अझ कठिन छ।
नेपाल आइडल सिजन ४ को अर्को सिँढी पार गरेर टप १० मा पर्न सफल भएकी बेलबारी,मोरङबाट प्रतिनिधित्व गर्ने एक मात्र प्रतियोगी हुन् – लक्ष्मी पौडेल ।
नेपाल आइडल सिजन ४ को यात्रा गर्ने क्रममा केही डर केही सपना,केही उत्साह लिएर यात्रामा पाइला चालेकी लक्ष्मी सुरिलो स्वरकी धनी हुन् ।हिँड्दै गर्दा थुप्रै आदरणीय व्यक्तिहरूको साथ,सहयोग मिलि नै रह्यो।देश- विदेशबाट थुप्रै श्रोतागण,आफन्तजन ,परिचित,अपरिचत व्यक्तिहरूले आवाजलाई माया गरिदिएर यहाँसम्म सहजरूपमा आएकी प्रतिष्पर्धी हुन् लक्ष्मी पौडेल।
लक्ष्मी भन्छिन,” टप १० मा पर्ने सफलताको मुख्य देन नै मेरा प्रिय दर्शक अनि श्रोताजनहरूको हो ।म प्रति यो माया यो सद्भाव र यो विश्वास राखिराख्नुहोला।” लक्ष्मीलाई अबको अर्को राउन्डमा पुर्याउनका लागि भर्खरैबाट धेरैभन्दा धेरै भोटको आवश्यकता रहेको लक्ष्मीको बुवा रघुनाथ पौडेल बताउनुहुन्छ।
भोटिङ का लागी नेपाल बाट cellpay app download गरेर साथै नेपाल बाहिरबाट shristi app द्वारा सङ्गसङ्गै SMS द्वारा भोट गर्न inbox मा गएर 05 type गरी 37000 मा पठाउन सक्नुहुनेछ। भोट गर्ने समय भोलि सोमबार दिउँसो १२ बजे सम्म रहनेछ। लक्ष्मी मोरङकी शान भएकी र उनलाई जिताउन कुनै कसर बाकी नराख्ने बेलबारी युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत बताउनुहुन्छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्