दियालोको सृजना र स्वरहरु राजधानीको कौटिल्य स्कूलमा सम्पन्न

दियालो साहित्य सरगमझको पहिलो श्रृङ्खला ञसृजना र स्वरहरु राजधानीको तीनकुने स्थित कौटिल्य स्कूलमा सम्पन्न भएको थियो।डा कुमार कोइरालाको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष शान्ति शर्मा र कार्यक्रम सञ्चालन संस्थाकै सदस्य आश्मा उपाध्यायले गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष गणेश खतिओडाले छन्द श्लोक मार्फत आमन्त्रितहरुलाई स्वागत गर्नुभएको थियो।
९० मिनेटको समय सिमा राखिएको सो कार्यक्रम निर्धारित समयमा शुरु भएर निर्धारित समयमै सकिएको थियो।कार्यक्रमका हरेक व्यक्तित्वहरुनै मूल्याङ्कनकर्ता हुन भन्ने मान्यताका साथ गरिएको सो कार्यक्रमको मूल्याङ्कन पनि उपस्थित दर्शक दिर्घाहरुको भोटिङ्ग सिस्टम मार्फत गरिएको थियो र सो भोटिङ्ग मार्फत सर्जक मूना खतिओडा पुरस्कृत भएकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि डा कुमार कोइरालाले दियालो साहित्य सरगमझनामले नै साहित्य सृजना र संगीत एक आपसमा जोडिएको प्रसंगलाई प्रस्ट पार्दै हरेक सर्जकका सृजनाहरु सवल,समय सापेक्ष र गहन भाव वोकेको हुनुपर्ने कुरा वताउनुभयो।लगभग ३० जना सर्जकहरुले सृजना वाचन गरेको सो कार्यक्रम अति सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दियालोको सृजना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्