नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौँमा हुने

काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा । विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । परिस्थिति अनुकूल भएमा आगामी २६-२८ फेब्रुअरी २०२२ सो त्रिदीवसीय कार्यक्रमको आयोजन गरिने छ ।
नेपाल भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले सुरु भएको यो यात्रा पहिलोपटक वीरगन्जमा भएको थियो । महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् ।
सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ । आजको छलफलमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार राधेश्याम लेकाली, कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि एवम् समालोचक प्रमोद प्रधान, सङ्गीतकार बुलु मुकारुङ, कवि मुरारी सिग्देल, सर्जक अस्मिता सुमार्गी, साहित्यकारहरु कमला ओली थापा, मन्जिला अनिल र पारु तिमिल्सिनाको सहभागिता थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौँमा हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्