सन्तोष गुरुङको निर्देशन रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं – गायक तथा संगीतकार सन्तोष गुरुङको निर्देशनम यो ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक भएको छ । हाईलाईट नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गीतमा नेपाली ताराको टप टेनमा पर्न सफल झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिएका छन् । संगीत दिपेन याक्थुम्बाको रहेको छ ।
क्यानभासप्लस मल्टीमिडियाले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन गायक गुरुङले नै गरेका छन् । रोसन श्रेष्ठले छायांकन गरेका भिडियोमा रेखाफागु लिम्बू, बिक्की कार्की, निरुता लिम्बू र गीतकार वाङ्गचु लेप्चाको अभिनय रहेको छ ।
लेप्चा जातिका प्रथम कथाकार वाङ्गचु लेप्चा (सुमन) ले समाजका हरेक क्षेत्रलाई समेटेर बिभिन्न लेख, कथा, गित साहित्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । प्रेम कथालाई आधार मानेर तयार गरिएको भिडियोमा मेकनिकल काम गर्ने कामदारको जिन्दगीमा आएको घटनालाई समेटिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #यो जिन्दगी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्