Techie IT
आईतबार, वैशाख २१,२०८२

रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको पदस्थापन कार्यक्रम सम्पन्न,क्लबलाई दश लाख रुपैया सहयोग घोषणा


सुबोध गौतम

‘रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको ११ औं स्थापना दिवसको अवसरमा बिहिबार जाउलाखेलमा भब्य कार्यक्रमको आयोजना गरिएको छ । सो समारोहमा रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्री’की अध्यक्ष बन्दना राई र ‘रोटरी क्लब अफ जावलाखेल मन्जुश्री’की सोनिला शाहले पदस्थापन गरेकी छिन् ।

रोटरी २०१७र१८ का अध्यक्ष लजु प्रधानले वर्ष २०१८र१९ का अध्यक्ष सोनिया शाहलाई पद हस्तान्तरण गराइएको थियो भने रोटर्यक २०१७र१८ का अध्यक्ष सुबोध राजभण्डारीले वर्ष २०१८र१९ का अध्यक्ष वन्दना राईलाई पद हस्तान्तरण समेत भएको थियो ।

रोयर्टकका उपाध्यक्षमा चन्द्रीका भगत, सचिव अनिमा आचार्य रहेका छन् । भने समिती ११ सदस्यीय रहेको छ ।

समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल नेपाल–भुटानका निवर्तमान डिस्ट्रिक्ट गभर्नर जया राज्यलक्ष्मी शाहले क्बललाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रोटर्यक क्लब अफ जावलाखेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545