नायीका प्रियंकाले गरिन् आत्महत्या

भारतकी चर्चित नायीका प्रियंकाले आत्महत्या गरेकी छन् । भारतीय संचारमाध्यमहरुका अनुसार दक्षिण भारतीय चलचित्रकी नायिका प्रियंकाले आत्महत्या गरेकी हुन् ।
भारतको वलासारावक्कममा रहेको आफ्नै घरमा डोरीले पासो लगाएर आत्महत्या गरेकी छन् ।
प्रियंका तमिल फिल्मकी एक प्रख्यात अभिनेत्री हुन् । प्रियंकालाई बुधबार बिहान उनकी साथीले कोठाको पंखामा झुण्डिएको अवस्थामा भेट्टाएकी थिइन् । प्रियंकाको आत्महत्याको यथेष्ट कारण खुल्न नसके पनि उनले घरेलु कलहको कारणले मृत्युको बाटो रोजेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
विवाह गरेको ३ वर्ष बितिसक्दा पनि प्रियंका सन्तान हुन नसकेको भन्दै पारिवारिक विवाद हुने गरेको थियो । जसका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताईएको छ । प्रहरीका अनुसार अब प्रियंकाको शवको पोष्टमार्टमपछि नै उनको मृत्युको मुख्य कारण खुल्न सक्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नायीका प्रियंका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्