राजधानीमा ‘शाब्दिक समारम्भ’ कार्यक्रम

काठमाडौँ । मुक्तक विशेष हातेमालो साहित्य संगमको नियमित काव्य श्रृङ्खला `शाव्दिक समारम्भ´ राजधानीमा एक समारोह बीच ,सम्पन्न भएको छ । सुनिल अधिकारी अध्यक्ष, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथि र विशेष अतिथि रामकाजी कोने रहेको सो समारोहको सञ्चालन संस्थाका महासचिव विपिन मर्मले गरेका थिए।
एक जना विशेष सर्जकका केही विशेष रचनाहरु सुनाइने र बाँकी उपस्थित सर्जकका एक-एक ओटा रचनाहरु सुनाइदै आइएको शाव्दिक समारम्भमा आजको विशेष आकर्षण अर्थात् अतिथि सर्जकको रुपमा मुक्तककार निशा के.सी. रहनु भएको थियो । वहाँले वाचन गर्नु भएको मुक्तकहरुमा देशप्रेम, सामाजिक विसङ्गति प्रतिको व्यङ्ग्य तथा प्रेमिल भाव रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले रचना उत्कृष्ट बनाउनको लागि समय लाग्ने र त्यसका लागि लगनशीलता र धैर्यता दुवै हुनु पर्ने कुरा उल्लेख गरे । त्यसै गरी कार्यक्रमका विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले यस्ता खालका साहित्यिक कार्यक्रमहरुले नवसर्जकहरुलाई थप हौसला प्रदान गर्ने विचार व्यक्त गरे ।
यसरी नै गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदी, सुर्खेतकी गजलकार तथा मनोसामाजिक परामर्शदाता सृजु शाह, रविन्द्र अनुराग, ज्ञानी राजा मानन्धर, कोपिला घिमिरे, प्रदीप रत्न शाक्य, सीता प्याकुरेल, अञ्चल वान्तवा, बिमला दाहाल, प्रकाश वस्नेत गफाडी, दुर्लभ शाह यात्री, शान्ती शर्मा, शिवराम खड्का, पुष्पा धमला, घनश्याम मुडभरी यात्री, बद्री उप्रेती, नम्रता उप्रेती, बिमल झा, तुलसी नारायण चित्रकार, उत्तम पोखरेल, ओजस्वी गौतम, उत्तम विचार `सर्जक´, सरिता थापा मगर, पदम दोङ्ग, वसन्त वली, गणेश प्रसाद खतिवडा, लुमन्ती चित्रकार, रुपेश अञ्जान, निर्मल पराजुली, सागर बोहरा ‘अंकल’, रविन्द्र आशिष ‘शैली’, दुर्गा तिवारी, देवकी तिमल्सिना, बिमला अधिकारी, पार्वती अधिकारी, शिवहरि खतिवडा, भुवन शिवाकोटी लगायतका सर्जकहरुले विविध विधा र विषयमा आ-आफ्ना रचना वाचन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शाब्दिक समारम्भ’
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्