Techie IT
मंगलबार, वैशाख २३,२०८२

काँठे भाकामा एकक्षत्र राज गर्दै आयका सरोज लामिछानेको नयाँ गीत ‘ख्याल माया’ सार्बजनिक


काठमाडौं ।

काँठ क्षेत्रमा एकलौटि राज गर्दै आएका  चर्चीत लोक गायक एवं  संचार कर्मी सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीत सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले गाएका छन् ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने टिकटक लगाएत सामाजिक सञ्जालमा यस गीतका केहि टुक्क पहिलेनै भाइरल भइसकेका छन ।

सन्तोष लामिछानेको शब्द संगीत रहेको गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् ।

उदिराम खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा कमलमणी नेपाल, सारदा गिरी, जानुका पौडेल, सरोज लामिछाने, एलिना रायमाझीलगायतको अभिनय रहेको छ ।

मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोजले यस अगाडी पनि केहि गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545