स्रष्टा देवकीको दोस्रो कृति ‘छुटेका सपनाहरु’ बिमोचित

स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रहको विमोचन भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ‘छुटेका सपनाहरुको विमोचन गर्दों साहित्यले राजनीतिलाई सही बाटोमा हिडाउने बताएका छन् ।मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् ।
‘साहित्यको सिर्जना गर्नका लागि भावना हुनुपर्छ र त्यसलाई साहित्यमा परिणत गरिसकेपछि त्यसले समाज परिवर्तनको काम गर्नुपर्छ ।’ विश्वमा ठूला ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट भएको प्रसंग उठाउँदै समाजको गोरेटोको रुपमा रहेको साहित्यका माध्यमबाट कर्णालीमा धेरै गर्न बाँकी रहेको मन्त्री रावलले बताए ।
कृतिको समीक्षा गर्दै वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले भने, कृतिले समाज, परिवेश, देश काल र परिस्थितिको यथार्थ बोलेको छ ।’ उनले भने, ‘साहित्यमा लाग्नेहरु धेरै हुन्छन् तर त्यसलाई निरन्तरता दिनेहरुको कमी छ तर समीक्षाले जुन निरन्तरता दिनुभएको छ स्रहानिय छ ।’
यसैगरि विमोचन कार्यक्रममा अध्यक्ष एवम् सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले अधुरा सपनाहरुलाई पूरा गर्ने जिम्मेवारी अहिलेका जनप्रतिनिधिदेखि सचेत वर्गको काँधमा आएको बताए ।
स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ ले विगतको जनयुद्धले मागेका मागहरु अझैँ पूरा हुन नसकेको बताउँदै नेता र नेतृत्वले जनताका चाहना र भावना अनुसार कार्य गर्नु पर्ने बताइन् । समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्नु पर्ने उनको भनाई थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्