तारकेश्वर नगर स्तरीय गायन, नृत्य र अभिनय प्रतियोगिताको दोस्रो चरण सम्पन्न

तारकेश्वर काठमाडौ । तारकेश्वर नगर स्तरीय गायन, नृत्य र अभिनय प्रतियोगिताको दुई चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ।
बाल बालिकाहरुलाई कोरोनाको त्रास बाट मुक्त गराउन सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको छ।
निर्णायकहरुले दिएको अंकको आधारमा गायनमा ६ , अभिनयमा ४ र नृत्यमा १६ जाना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता अबको केही समयमानै फाइनल हुने कार्यक्रम संयोजक अमृत ढकालले बताउनुभयो।
कार्यक्रमका निर्णायकका रुपमा किशोर भण्डारी दिट्ठा साब ,सुमा लामिछाने , अजय अधिकारी सुशील , सिता सुवेदी , सुशील फुयाँल लगायतका कलाकार रहेका छन ।
तारकेश्वर भित्र धेरै प्रतिभाहरु रहेछन्, यस्तो थाहा पाउँदा र उनीहरुलाई हेर्न पाउँदा आफू ज्यादै खुसी रहेको कलाकार किशोर भण्डारी दिट्ठा साबले बताए ।
डर र त्रासको बीच यो कार्यक्रम गरिएकोले धेरै बालबालिकाहरू छुट्नुभएको छ त्यसैले आगामी दिनहरूमा यस्ता किसिमका थुप्रै कार्यक्रम हरु सबैलाई समेटेर ल्याउने कार्यक्रमका निर्देशक सुशील फुयाँलले बताए।
कार्यक्रममा अतिथि निर्णायकका रूपमा एक खुट्टाले शास्त्रीय नृत्य गर्ने सिता सुवेदीले सबैलाई केही समय आफ्ना कुरा हरु राखेर संघर्षका कुरा हरु बताएर प्रेरित गर्नुभयो।
केही समय पछि भव्य समारोहका बीच कार्यक्रमको फाइनल र तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको समुद्घाटन हुनेछ।
प्रतिष्ठानका लागी तारकेश्वर भित्र रहनुहुने सबै कलाकारहरुलाई एकीकृत गर्ने कार्य भइरहेको छ। यसले अब आउने पिडी हरुलाई सांस्कृतिक रूपमा अघि बढ्न मद्दत गर्नेछ। तारकेश्वर सांस्कृतिक प्रतिष्ठानका प्रणेता, कलाकार एवम् संयोजक अजय अधिकारी सुशीलले बताए।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तारकेश्वर नगर स्तरीय गायन, #तारकेश्वर सांस्कृतिक प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्