कांग्रेसले चौधरीको नेतृत्वमा गठन गरेको दिगो परियोजना बिशेष समिति सक्रिय, केहि दिनभित्रै प्रतिवेदन बुझाउने तयारी

काठमाडौं। नेपाली कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ सक्रिय भएको छ। समितिको पहिलो वैठक आइतवार काठमाडौंमा बसेको छ।
समितिका संयोजक विनोद चौधरीको नेतृत्वमा लैनचौरमा बसेको समितिको वैठकमा नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा कोरोनाको कारण परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे छलफल भएको थियो । समितिले यस बारेमा मसिनो गरि थप अध्ययन गरि पार्टीलाई केहि दिनभित्रै एक प्रतिवेदन दिने तयारी गरेको छ ।
वैठकले समितिका सदस्यहरु दिपक खड्का, उमेश श्रेष्ठ र इन्द्र वानियाँलाई सहसंयोजक तोकेको छ भने ७ जनाको स्टेरिङ कमिटी बनाएको छ।
बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद समेत रहेका उद्यमी चौधरीको नेतृत्वमा बिशेष समिति गठन गरेका थिए।
चौधरी नेतृत्वको समितिमा पार्टीको विभिन्न पदमा रहेर काम गरिरहेका र गरिसकेका विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु समेटिएको पहिलो वैठकमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, मोहन आचार्य, तेजुलाल चौधरी, पूर्णबहादुर तामाङ कान्छाराम, खगेश्वर बोहरा उपस्थित थिए। सूर्यबहादुर केसी, अनिल रुङ्गटा र बिष्णुबहादुर खड्का काठमाडौं बाहिर भएका कारण उपस्थित हुन सकेनन्।
दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेगरि समिति क्रियाशिल भएको छ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्