Techie IT
सोमबार, मंसीर १६,२०८२

नेपालसँग बंगलादेशले थप २० मेगावाट बिजुली किन्‍ने सहमति


नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो ।

बंगलादेशको ढाकामा  भएको  नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा उक्त सहमति भएको हो ।

नेपाल तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारको विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ७औं बैठक बसेको हो ।

मंसिर १० मा नेपाल सरकारका ऊर्जा सहसचिव सन्दीप कुमार देव र बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसलाई सचिवस्तरिय छलफलबाट सहमति गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेपाल बंगलादेश


तपाईको कमेन्ट लेख्नुहोस्