Techie IT
मंगलबार, मंसीर ३,२०८२

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो


आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्