Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । जबकि सोही सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्