Techie IT
बिहीबार, असार ५,२०८२

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ,  वैशाख २ गते । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #सुनचाँदीको मूल्य घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545