सिन्धु फुड प्रोडक्स प्रालि टोखाको बनभोज कार्यक्रम सम्पन्न

माघ २८, काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार नगरकोट हिलसाइट भिलेज रिसोर्टमा संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।
पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका प्रबन्ध निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रालिले पिकनिक आयोजना गरेको बताए । साथै आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए।
सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल ,रिसोर्ट ,रेस्टुरेन्ट,क्लब,बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वर्द्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्