२५ सयको विन्दुमा झर्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #२५ सयको विन्दुमा झर्यो नेप्से, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्