Techie IT
सोमबार, वैशाख २२,२०८२

सुनको मूल्य पुनः१ लाख ५० हजार तल झर्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

यससँगै सुनको मूल्य पुनः१ लाख ५० हजार तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाा कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?, #सुनको मूल्य पुनः१ लाख ५० हजार तल झर्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545