नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ६७ प्रतिशतको गिरावट हो ।
आज तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा रु सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ । बैङ्किङ एक दशमलव ८६, विकास बैङ्क एक दशमलव शून्य चार, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ८४, जलविद्युत् एक दशमलव ९८ र लगानी समूह एक दशमलव ३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
तीन वटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्