शेयर बजारको उकालो यात्रा कायमै, १७ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रा कायमै रहेको छ । सोमबार १९.९७ अंकले बढेको नेप्से मंगलबार पनि १७.८० अंकले बढेको हो ।
नेप्से परिसुचक बढेपनि कारोबार भने घटेको छ । सोमबार १० अर्बको कारोबार भएको नेप्सेमा मंगलबार ८ अर्ब ५२ करोड १२ लाखको कारोबार भएको हो ।
नेप्सेका अनुसार आजको कारोबारमा १४२ कम्पनीको शेयरमूल्य बढ्दा ९७ को घट्यो । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अप्पर स्याङ्गे हाइडोपावर कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य ९.५१ प्रतिशतले घटेर प्रतिकित्ता ७९० रुपैयाँमा झरेको छ ।
आजको कारोबारमा ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २६ करोड ७४ लाखको कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #१७ अंकले बढ्यो नेप्से, #breaking, #शेयर बजारको उकालो यात्रा कायमै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्