Techie IT
सोमबार, वैशाख २२,२०८२

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545