ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि महासंघ नेतृत्व हडप्ने शेखर गोल्छाको चालले माथ खायो
काठमाडौं, माघ । ज्ञानेन्द्रलाल प्रधानलाइ प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने चाहना फेरि पनि अपुरो भएको छ । विधान संशोधन गरी बरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्राबधान हट्ने पक्का पकी भएपछी बरिष्ठ उपध्यक्ष गोल्छाले ज्ञानेद्र लाल प्रधानलाई काडको उपयोग गरेको पाइएको छ ।
अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । महासंघका अधिकांस सदस्य यो प्रवधान फेर्नुपर्ने बताउँदै आएका छन । यसको लागि विधान मस्यौदा समिति समेत गठन भएको थियो । शेखर गोल्छाले आफु सिधै महासंघको अध्यक्ष हुन नपाउने देखे पछि कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरी अध्यक्ष बन्ने दाउमा थिए । गोल्छाले भवानी राणालाई अख्तीयार लगाएर महासंघबाट हटाउने र आफु अध्यक्ष बन्न खोजेको महासंघका पदाधिकारीको दाबी छ ।
गोल्छालाई सोचजस्तो सजिलो थिएन यो काडवाट आफनो अनुकुलको उपयोग गर्न किन भने महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान पनि विवास्पद छवि बोकेका मनिस हुन् । गोल्छा प्यानलको खेलमा २०७१ सालमा प्रदिपजंग पाण्डेलाई अध्यक्ष भएकै बेला हटाउन सफल भएको टोलि समेत सामेल भएपछी कृषि उद्योम केन्द्रमा करोडौँ रुपैयाँको अनियमितता भएको विवास्पद कुरा निकाल्ने र अख्तीयार माफत कार्बाहि गर्न लगाई गोल्छा अध्यक्ष बन्ने र महासंघ कब्जा गर्ने योजना लग भग सफल हुनै लाग्दा भवानी राणाको हातमा ज्ञानेन्द्र बोलेको टेप पुगेपछि योजना असफल भएको बताइएको छ ।
ज्ञानेन्द्र लालले बोलेको विवादास्पद टेप अध्यक्ष राणाका हातमा पुगे पछी गोल्छा प्यानलको खेलको युट्रन लिएर उल्टै प्रधान माथिनै खनिएको छ र प्रधानले राजिनामा समेत दिएका छन् । महासंघले कृषि उद्यम केन्द्रमा अनियमितताको विषय छानविन गर्न समिति गठन गरेको छ । सबैलाई विश्वासमा लिन पुराना र इमानदार कहलिएका शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेखर गोल्छा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्