बोनम्यारो रोगद्वारा पीडित नेपाली चेलीको लागी आर सि सि अल कासिमद्वारा सहयोग प्रदान

बोनम्यारो रोगद्वारा पीडित नेपाली चेलिकोलागी आर सि सि अल कासिमद्वारा सहयोग प्रदान । रम्जान दिन मियाँ २ डिसेम्बर २०१८,अल कासिम बिगत १ बर्ष देखी बोनम्यारो रोगले ग्रसित नेपाल धादिङ जिल्ला नीलकण्ठ न.पा.वडा नं. १४ ( साविक धुवाँकोट गा.वि.स. वडा नं. २ माने) निवासी श्री र्इन्द्र बहादुर श्रेष्ठकि २० बर्षिय छोरी सुश्री सिता श्रेष्ठ सिभिल हस्पीटल बानेश्वरमा उपचार गरार्इरहेकि र आर्थिक अवस्था कम्जोरका कारण उपचारमा समस्या हुँदा आर सि सि अल कासिमले केही सहयोग प्रदान गरेको छ ।
उहाँका घरपरिवारद्वारा आफ्नो छोरीको उपचारका लागि भएको पैसा तथा खेत समेत बेचेर उहाँको उपचारगरिएको र अझै उपचार गर्न तीन महिना बाँकी रहेको तर उनको उपचारका लागि थप आवाबस्यक रकम आफुसित नहुँदा ,साहुसित ऋण माग्दा समेत कसैले पनि नपत्याउदा देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ सहयोगको अपिल गर्ने क्रममा उहाँकै गाउँका,साउदी अरब अल कासिममा कार्यरत एन सि सि युवा संयोजक तथा आर सि सि अल कासिमका सल्लाहकार राज कुमार श्रेष्ठलाई पनि सहयोगको लागि अनुरोध आउँदा उहाँकै संयोजकत्वमा आर सि सि अलकासिमको पहलमा केही रकम संकलन गरि सहयोग गरेको छ ।
उहाँको जिबनरक्षाका लागि छोटो समयमा पनि आर सि सि को पहलमा राज कुमार श्रेष्ठ बाट २५१ सा.रि, मुभिनपिक होटल स्टाफहरु बाट १४५ सा.रि, बास्किन रोबिन स्टाफहरुबाट ३८५ सा.रि, ध्रुब राज कटुवाल बाट १९१ सा.रि, चिरञ्जीवी अर्याल बाट ११० सा.रि, वीर बहादुर तामाङ बाट १०२ सा.रि, चिरन कटुवाल बाट १०० सा.रि, कृष्ण अधिकारी बाट ५५ सा.रि, बिशाल श्रेष्ठ बाट ५१ सा.रि, रोहित घिमिरे बाट ५१ सा.रि, काजीमान कन्धवा बाट ५१ सा.रि, गिरधारी खनाल बाट ५१ सा.रि, मनबिर बि.क बाट ५१ सा.रि, लक्षमण कार्की बाट ५१ सा.रि, उमेश बराल बाट ५१ सा.रि,नुरुल जमा अन्सारी बाट ४० सा.रि, रम्जान दिन मिया बाट ३० सा.रि, मनिष कोइराला बाट २० सा.रि, सेर बहादुर पुर्जा बाट २० सा.रि, बल कुमार निरौला बाट १५ सा.रि, धनलाल बुढा बाट १२ सा.रि, र मनोज थापा बाट १० सा.रि. गरि जम्मा १८४३ साउदी रियल ने.रु. ५३,७६६ (अक्षरुपी त्रिपन्न हजार सात सय छैसठ्ठी रुपैयाँ) ३० नोभेम्बर २०१८ का दिन उहाँको NIC ब्यान्कको खातामा पठाइएको छ ।
साथै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै आर सि सि अल कासिमले आफ्नो अफिसियल फेसबुक पेज द्वारा पनि उहाँको जिबनरक्षाको लागि साथ दिनुहुन विनम्र अनुरोध समेत गरेको छ । सहयोगको लागि केही बिवरणहरु र्इन्द्र ब.श्रेष्ठको मोबाईल नं. ९८४१९६९३१५ NIC ब्यान्क मा जम्मा गराइदिन सक्नुहुनेछ ।। Purna Shrestha Acct # 1002000954652401
क्याटेगोरी : अर्थ
ट्याग : #आर सि सि अल कासिम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्