उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल प्यानलको मनोनयन दर्ता

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।
मंगलबार ढकालसहित उनको प्यानलका सबै पदका उम्मेदवारहरुले महासंघको केन्द्रीय कार्यालय टेकूमा मनोनयन दर्ता गराएका हुन् ।
उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीले मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चन्द्रप्रसाद ढकाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्